+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १७:३५

२९ जेठ, काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए ।

यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए।

अब भने बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाएको छ।

तर विगतको जस्तो एउटै सिफ्टमा भने बैंकहरु चल्न पाउने छैनन् । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने बताएको छ ।

कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?