Comments Add Comment

राष्ट्रिय सहकारी बैंकको सीईओमा पुनः गुरागाईं

२९ जेठ, काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सिए बद्रीकुमार गुरागाईं पुनः चार वर्षका लागि नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको ‘भर्चुअल’ वैठकले गुरागाईको कार्यकाल पुनः चार वर्षथप गर्ने निर्णय गरेको हो । उप प्रमुख कार्यकारी अधिकृतको पदमा बैंकप्रवेश गरेका गुरागाई डेढ अघि प्रमुख कार्यकारीमा नियुक्त भएका थिए ।

बुधबार बैंक अध्यक्ष अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गुराईगाईलाई अहिले फेरी निरन्तरता दिने निर्णय गरेको हो ।

२ अर्व शेयर रकम र साढे ११ हजार शेयर सदस्य रहेको बैंकमा ३३ अर्व रुपैयाँ निक्षेप रहेको छ । साढे २२ अर्व रुपैयाँ कर्जा लागानी गरी बैंकले चालु आर्थिक वर्षको १० महिनामा ४२ करोड रुपैयाँ नाफा गरेको छ ।

भर्चुअल बैठकले गुरागाईलाई निरन्तरता दिने निर्णय गर्नुका साथै थप अन्य निर्णय पनि गरेको छ । बैंकले जेठ मसान्तसम्म बुझाउनु पर्ने किस्ताको ब्याज म्याद भित्रै बुझाए १० प्रतिशत छुट दिने भएकोछ ।

असार १ देखि बचत तथा कर्जामा २ प्रतिशतसम्म ब्याज घटाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment