+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
५४ बलमा ९७ रन आवश्यक
कर्णाली याक्स 2025
105/3 (10.6)
Shares

सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, भारतमै अन्त्येष्टि गरिने

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २९ गते १८:५०

२९ जेठ, बुटवल । भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’

भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो ।

उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?