Comments Add Comment

सरकारले तोकेको भाडादर ओमानस्थित नेपाली दूताबासद्वारा खारेज ! सस्तो टिकटमा साढे ३ सय नेपाली फर्कंदै

२९ जेठ, काठमाडौं । विदेशमा अभर परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।

ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर ( अर्थात करिब ६१ हजार रुपैयाँ) भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ ।

यो पनि पढ्नुहोस ‘उद्धार’ उडानको भाडा नियमितभन्दा चार गुणा महंगो

तर, ओमानस्थित नेपाली दूताबासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ ।

दूताबास स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सरकारले तोकेको ६१ हजार भाडा धेरै महंगो भयो, वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले यति महंगो भाडा तिर्न सक्दैनन् । त्यसैले हामीले ११५ ओमानी रियल (करिब ३४ हजार नेपाली रुपैयाँ) मै ओमानबाट स्वदेश फर्काउने निर्णय गरेका छौं । यहाँबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन ।’

ओमानस्थित नेपाली दूताबासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ । र, सोही भाडादरमा करिब साढे ३ सय नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् ।

त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन् । उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूताबासले स्पष्ट पारेको छ ।

साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूताबासद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् दूताबासको सूचना र सरकारले तोकेको भाडादर

 

                   सरकारले तोकेकाे भाडादर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment