Comments Add Comment

फर्कँदै इटालियन फुटबल, युभेन्ट्स र एसी मिलान इटालियन कपमा खेल्दै

२९ जेठ, काठमाडौं । कोनाभाइरस महामारीले ३ महिनादेखि रोकिएको इटालियन फुटबल अन्तत: शुक्रवारदेखि मैदान फर्कँदैछ । जर्मन बुण्डेसलिगा स्पानिस ला लिगा पछि अब इटलीमा पनि फुटबल शुरु हुन लागेको हो ।

इटलीमा कोपा इटालिय सेमिफाइनलको खेलसँगै फुटबल पुनरागमन हुन लागेको हो ।

इटालियन सिरि ए लिग भने २० जुन देखि शुरु हुनेछ ।

कोपा इटालियन अन्तर्गत शुक्रवार लिग लिडर युभेन्ट्स र एसी मिलानबीच दोस्रो लेगको खेल हुँदैछ । खेल युभेन्ट्सको घरेलु मैदानमा नेपाली समयमअनुसार राती पौने १ बजे शुरु हुनेछ । यसअघि मिलानको मैदानमा भएको पहिलो लेग १-१ को बरारबरिमा सकिएको थियो । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स ट्रेबल जित्ने दाउमा समेत छ ।

यस्तै अर्को सेमिफाइनलको दोस्रो लेगमा शनिवार इन्टर मिलान र नापोलीबीच खेल हुँदैछ । पहिलो लेगमा इन्टरले १-० को जित हात पारेको थियो ।

महामारीपछि सुरक्षित उपाय अपनाउँदै फुटबल सुरु गर्न लागिएको हो । सबै खेलह क्लोज डोरमा खेलाइनेछ । कोपा इटालियाको फाइनल खेल जुन १७ मा हुने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment