Comments Add Comment

पाल्पामा भेटिएको अनौंठो गुफाबारे अध्ययन सुरु

३० जेठ, पाल्पा । पाल्पाको अर्गलीस्थित रनुवामा अनौंठो गुफाबारे अध्ययन सुरु भएको छ । करिब ४० मिटर लम्बाइ मापन गरिएको उक्त गुफाभित्र ढुङ्गाका अनौंठा प्रकृतिका आकृति रहेका छन् ।

लकडाउनको समयमा स्थानीय युवाहरूले गुफाबारे थप सोधखोज अघि बढाएपछि यसबारे चर्चा बढेको छ । स्थानीयले धार्मिक क्रियाकलापसँग गुफालाई जोडेर हेर्ने गरे पनि यसभित्रको अवस्थाको बारेमा अहिलेसम्म खास तथ्य भने बाहिर आएको थिएन ।

स्थानीयको सोधखोज पछाडि गुफाको भित्रि भागसम्म पुगेर यसबारे अध्ययन सुरु भएको छ । यसै क्रममा गुफा प्रवेशलाई सहज बनाउन युवाहरूले भित्रको सरसफाइदेखि सिँढी निर्माणको काम गरेका छन् । स्थानीयले सिद्ध गुफा नाम दिएको यस गुफाको पुरातात्विक महत्वको बारेमा भने अझै पनि अध्ययन हुन बाँकी छ ।

तानसेन-रिडी-तम्घास सडकखण्डको अर्गलीस्थित देउराली बजारबाट डेढ किलोमिटरको दुरीमा उक्त गुफा पुग्न सकिन्छ । गुफा नजिकै बद्रीनारायण मन्दिर परिसर छ। नेपालकै चर्चित धार्मिक क्षेत्र रुरुनजिकै रहेकोले पनि यस गुफाबारे थप अध्ययन र चर्चा हुन सके आन्तरिक पर्यटन भित्र्याउन सकिने अपेक्षा स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment