Comments Add Comment

पहिलो पटक कोरोना बिमाको दाबी भुक्तानी

३० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई  दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी  शुक्रबार भुक्तानी भएको हो ।

कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो ।

सामुहिक बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment