+
+

कोरोना महामारीको कारण बालश्रम बढ्छ : यूएन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १४:१५

३० जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले शुक्रबार कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण विश्वभर बालश्रम बढ्ने चेतावनी दिएको छ । यूएनका अनुसार यो महामारीको कारण विश्वभरका लाखौं बालबालिका मजदुरीका लागि बाध्य हुन सक्ने देखिएको हो ।

यूएनले पछिल्लो दुई दशकमा पहिलोपटक विश्वमा बालश्रम बढ्न लागेको बताएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार महामारीको कारण धेरै परिवारको आम्दानीमा असर परेको छ । यस्तो अवस्थामा उनीहरुलाई कुनै सहयोग नहुने हो भने धेरै बालबालिकाहरु मजदुरीको लागि बाध्य हुन सक्ने आईएलओको भनाइ छ ।

अर्थशास्त्रीहरुले विश्वभर नै कोरोना भाइरसको महामारीको कारण अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइसकेका छन् ।

आईएलओका अनुसार विश्वभर श्रमिक बालबालिकाको संख्या अहिले १५ करोड २० लाख छ । यो संख्या सन् २००० मा २४ करोड ६० लाख थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?