+
+
Shares

बैंकरको प्रतिक्रिया : दुई सिफ्ट चलाउन आवश्यक छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते २०:०५

३० जेठ, काठमाडौं । लकडाउन खुकुलो पार्दा दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने सरकारी नियम उपयुक्त नभएको बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले बताएका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक तथा वित्तीय संस्थाको हकमा त्यस्तो नियम आवश्यक नभएको बताए ।

कार्यालयमा भौतिक दूरी कायम गर्न भन्दै सरकारले सार्वजनिक, निजी र बैंक तथा वित्तीय संस्थाा कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । विहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने सरकारी निर्णय छ ।

अध्यक्ष दाहालले विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकका शाखा कार्यालय खोलेर सेवा दिन सकिने बताए । विहानै खोले पनि सेवाग्राहीहरु नै नआउने उनले बताए ।

‘शाखा खोलेर मात्रै पनि भएन, सेवाग्राही पनि आउनपर्‍यो’ अध्यक्ष दाहालले भने, ‘हामीलाई दुई सिफ्ट आवश्यक पर्दैन, एक सिफ्टमै समय पुग्छ भने किन दुई सिफ्ट चलाउनुपर्छ र ?’

यद्यपि, यस विषयमा अहिले बैंकहरुबीच छलफल भइरहेको उनले बताए ।

‘दुई सिफ्टमा सञ्चालन गर्नु भन्नुको कारण भिड कम गराउन हो, हामी भिड नगराई सर्वसाधारणलाई सेवा दिन सकिने गरी निर्णय गर्ने छौं’ अध्यक्ष दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?