+
+
Shares

आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७७ जेठ ३० गते १९:३२

३० जेठ, वीरगञ्ज । बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए । ‘बालकको साँझ मृत्यु भएको छ, स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएका छौं’ उनले भने ‘ रिपोर्ट आउन बाँकी छ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?