Comments Add Comment

कोभिड १९ : के हो पिसिआर परीक्षण, कसले गराउनुपर्छ ?

कोभिड १९ को परीक्षण कुरा गर्दा अहिले पिसिआर को निकै चर्चा छ । पिसिआर अर्थात पोलिमरेज चेन रियाक्सन जसले भाईरसको आर एन ए पत्ता लगाउँछ र कोभिड १९ का अहिलेसम्म उपलव्ध परीक्षणमध्ये सबैभन्दा भरपर्दो मानिएको छ ।

कोभिड भाईरस हुने स्थानहरु नाकको भित्रि क्षेत्र (नासोफ्यारेन्स) र मुखको भित्रि तल्लो तह (ओरोफ्यारेन्स) बाट कपासले बनेको बिशेष किसिमको स्वाब-स्टिकले भित्रि स्वाब लिईन्छ । यसरी लिएको स्वाबहरु बिशेष किसिमको प्यकिङ्गमा राखेर प्रयोगशालामा पठाईन्छ ।

प्रयोगशालामा ती नमुनाहरुबाट पिसिआर टेष्ट गरिन्छ, जुन एकदम लामो प्रक्रिया हो । यसमा भाईरसको आर एन ए नै पत्ता लगाईने भएकोले भरपर्दो मानिन्छ । कोभिड १९ चाँडै सर्न सक्ने भएको हुनाले नमुना लिनेदेखि प्रयोगशालामा पु¥याउने र परीक्षण गर्ने सम्म अत्यन्त सावधानी अपनाउनु पर्ने हुन्छ ।

डा. वालकृष्ण शाह

अत्यन्त संवेदनशिल र सर्तकताका साथ राम्रोसँग स्याम्पल लिएर समयमा नै उचित तरिकाले पिसिआर परीक्षण गर्दा पनि ३० प्रतिसत सम्ममा ‘फ्लस नेगेटिभ’ अर्थात भाईरस नदेखिन सक्छ । धेरै अवस्थामा यो एक पटक परीक्षण गरिसकेपछि तत्कालको अवस्थामा कोभिड १९ को संक्रमण भएको वा नभएको बताउँछ । तर एक पटक परिक्षण गर्दैमा सोहि व्यक्तिमा अरुबाट कोभिड १९ सर्दैन भन्न सकिन्न । त्यसैले आवश्यक्ता अनुसार जोखिम क्षेत्रमा काम गर्ने वा जोखिममा रहेकाहरुलाई पटक पटक गर्नु पिसिआर गर्नुपर्ने पनि हुन सक्छ ।

सबै प्रयोगशालामा किन पिसिआर हुदैन ?

पिसिआर जेनेटिक अध्ययन हो । यसले भाईरसको जिनमा रहेको आर एन ए नै देखाउने हुन्छ । आर एन ए सिंगल स्ट्रेन्डेडको हुन्छ, जुन पत्तालगाउनु अप्ठ्यारो काम हो । यसलाई दोब्बर स्ट्रेन्डेडको डिएनए बनाएर पिसिआर मेशिनमा परिक्षण गर्नुपर्ने हुन्छ । जसका लागि दक्ष जनशक्ती र मेशिन आवश्यक हुन्छ । हाम्रो देशमा यी दुवै कम रहेको छ । कोभिड १९ फेरि एकदम जाडै फैलन सक्ने भएकाले उच्च सुरक्षा अपनाउन सक्ने प्रयोगशालामा मात्र यसको परिक्षण गर्न सकिने भएकाले सबै प्रयोगशालामा यो सम्भव

कसलाई पिसिआर गर्नुपर्छ ?

अहिले कोभिड १९ को डर सबैमा छ । त्यसैले आफ्नो परीक्षण गर्न पाए ढुक्क हुने थियो भन्ने सबैलाई लाग्न सक्छ । तर यो परिक्षण गर्दा स्याम्पल लिने बेलाको परिणाम मात्र यसले दिन सक्छ । स्याम्पल दिई सके पछि वा दिने क्रममा पनि संक्रमण भए त्यसको रिपोर्ट यसले नदिने हुन्छ । त्यसैले पिसिआर गरेर ढुक्क हुदैन । तथा कोभिड१९ को लक्षण देखिएका, क्वारेन्टाईनमा रहेका तथा शंकास्पद रहेका वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई पिसिआर गराउनु आवश्यक हुन्छ । लकडाउन पालना गरेका तथा सचेत भएर समाजिक दुरी कायम गरेका व्यक्तीहरुमा यो आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment