Comments Add Comment

कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

३२ जेठ, काठमाडौं । पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।

गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।

बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस कुश्मामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment