Comments Add Comment

टौखेलका शाही मृत्यु प्रकरण रहस्यमय

३२ जेठ, काठमाडौं । घरकै कम्पाण्डभित्र रहेको मकै बारी । न कोही प्रवेश गरेको निशान छ, न बाहिर गएको । खुट्टामा ब्याण्डेज र दुवै हातमा एकैठाउँ थोरै काटिएको छ, त्यसपछि घाँटी काटिएको अवस्थामा शव भेटिएको छ ।

हालसम्म कसैसँग रिसिइबी पनि नभएको भनिएको फ्रेस हाउस सञ्चालक २५ वर्षीय अमित शाहीको मृत्यु प्रकरण सम्बन्धी अनुसन्धान जटिल बन्दै गएको छ । अनुसन्धान अधिकृतहरुले यसलाई एउटा रहस्यमय घटना मानेका छन् ।

भन्छन्, ‘कि त एकदमै प्रोफेसनल व्यक्ति संलग्न हुनुपर्‍यो, नभए यो घटनामा हत्या हुनसक्ने कुनै आधार भेटिँदैन ।’

ललितपुरको गोदावरी नगरपालिका, टौखेलस्थित घटनास्थलबाट शाहीले फ्रेस हाउसमा प्रयोग गर्ने दाउ पनि बरामद भएको छ । सुरुमा हेर्दा छातीमा हतियार र हात भएको अवस्थामा आफूले शव देखेको शाही पत्नीले बयान दिएकी छन् । प्रहरी अधिकृत भन्छन्, ‘हेर्न नसकेर तल राखिदिएको भनेर उहाँले भन्नु भएको छ ।’

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइसकिएको छ । शवको प्रारम्भिक अध्ययनपछि चिकित्सकहरुले भनेका छन्, ‘दोस्रो व्यक्तिले काटेको भए, हेजिटेसन मार्क हुने थिएन । यो आफैंले काटेको हुनसक्छ ।’

यो पनि पढ्नुहोस ललितपुरमा युवक मृत भेटिए

चिकित्सकहरुका अनुसार शाही आफैंले डराइडराइ काटेको जस्तो देखिएको छ, घाउको प्रकृति हेर्दा । तर, प्रहरीले यत्तिकै यो प्रकरणलाई आत्महत्या भन्न पनि मिल्दैन । त्यसैले अनुसन्धान अधिकृतहरुले कल डिटेल रेकर्ड (सीडीआर), बीटीएस एनालाइसिस, मोबाइल लगायतको विस्तृत अनुसन्धान गर्दैछन् ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘मकैबारीमा हिलो छ, बाहिरबाट कोही आएको भएको भए, डोब हुनैपर्छ । फेरि मकैबारी मडारिएको पनि छैन ।’ शाहीसँग पत्नीसँगै घरमा दुई छोरी र अरु कोठा भाडामा लिएर बस्नेहरु थिए । र, प्रहरीका अनुसार राति २ बजेतिर अन्य कोही पनि घरभित्रबाट निस्किएको पाइएको छैन ।

भाडामा बस्ने र छिमेकीहरु शाहीलाई एकदमै ‘राम्रो मान्छे’ भएको बताउँछन् । तर, परिवारका अन्य सदस्यसँग भने अहिले प्रहरीले विस्तृत बयान लिइसकेको छैन ।

ललितपुरका एसएसपी टेकप्रसाद राई भन्छन्, ‘अनुसन्धान गरिरहेका छौं, यो सिलसिलामा आवश्यक पर्ने सबैसँग बयान लिन्छौं ।’ घटनाको मुख्य अनुसन्धान सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले गरिरहेका छन् भने महानगरीय अपराध अनुसन्धान महाशाखाले पनि प्राविधिक सहयोग गरिरहेको छ ।

शाहीको खास घर सतुंगलमा हो । उनले टौखेलमा पसल सञ्चालन गर्थे र कोठा भाडामा लिएर बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment