+
+
Shares

कोरोना महामारीका बीच चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १३:३३

३२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको बीचमा चिलीका स्वास्थ्यमन्त्री जाइम मनालिचले राजीनामा दिएका छन् ।

शनिबार राष्ट्रपति सेबस्टाइन पिनेराले उनको राजीनामा स्वीकृत गरेका हुन् । कोरोना भाइरस नियन्त्रणको लागि स्वास्थ्यमन्त्रीले चालेको कदमको विभिन्न संस्थाहरु र विपक्षी पार्टीहरुबाट व्यापक आलोचना भएसँगै स्वास्थ्यमन्त्रीले राजीनामा दिएका हुन् ।

राष्ट्रपतिले उनको राजीनामा स्वीकृत भएको घोषणा गर्दै उनले कोरोना भाइरस नियन्त्रणको लागि आफ्नो सबै ऊर्जा र शक्तिको प्रयोग गरेको बताए । विपक्षीहरुले यसअघि नै उनले राजीनामा दिनुपर्ने आवाज उठाउँदै आएका थिए ।

नयाँ स्वास्थ्यमन्त्री एनरिक पेरिले महामारीको सामना गर्ने क्रममा आगामी दिनमा सरकारको आलोचना गरिरहेका मानिसहरुको पनि आवाज सुनिने बताएका छन् ।

अहिलेसम्म चिलीमा कोरोना भाइरसको कारण तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि एक लाख ६७ हजार नाघिसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?