
३२ जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका २ सय ७२ मुसहर परिवारलार्य राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा दलित सरोकार मञ्च कञ्चनरुपले नगरपालिकाभित्रका २ सय ७२ परिवारलाई राहत बाँडेको हो ।
वडा नम्बर ४ का १ सय १२ परिवार, वडा नम्बर १० का १ सय २९ घर र वडा नम्बर १ का ३१ मुसहर परिवारलाई राहत वितरण गरिएको संस्थाकी कार्यक्रम सहायक अनिता कुमारी खंगले जानकारी दिइन् ।
उसिना चामल २५ किलो, गहुँको पिठो ५ किलो, दाल ३ किलो, सोयाविन ३ किलो, साबुन ४ थान र नुन २ प्याकेट वितरण गरिएको छ ।
वडा नम्बर ४ को जगतपुरमा ४६ घर र बकालमा १४ घरमा सोयाविन २ केजी वितरण गरिएको थियो ।
कञ्चनरुप नगरपालिकाले अहिलेसम्म एक पटक मात्रै राहत वितरण गरेकोले लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको उक्त संस्थाले जनाएको छ ।
प्रतिक्रिया 4