Comments Add Comment

आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै

१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेको छ भने अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ।

प्रदेश सरकारहरूले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरूले बताएका छन् । संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरूले पनि बजेटको आकार घटाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment