Comments Add Comment

‘सांसद विकास कोष’लाई प्रदेश–१ सरकारले दियो निरन्तरता

१ असार, विराटनगर । आगामी आर्थिक वर्षका लागि १ नम्बर प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) लाई निरन्तरता दिएको छ । प्रदेश सरकारले यसका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम गरी दुई शिर्षकमा बजेट विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । यो बजेट चालु आर्थिक वर्षको भन्दा प्रति निर्वाचन क्षेत्र ५० लाख रुपैयाँले कमी हो ।

प्रदेशका ५८ वटा निर्वाचन क्षेत्र छन् । चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने रकम भने आधा बढेको छ ।

पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाखका दरले घटाए पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम शिर्षकमा भने ५० लाखकै दरले बढाएको छ । चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँका दरले विनियोजन गरिएको यो शिर्षकको बजेट बढाएर १ करोड पु¥याइएको हो ।

१ नम्बर प्रदेश सरकराले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि जम्मा ४० अर्ब ८९ करोड, ९९ लाख ४७ हजार बराबरको बजेट ल्याएको छ । सरकारले विनियोजन गरेको बजेट अनुसार चालु खर्च तर्फ १८ अर्ब ९३ करोड, ४९ लाख ९३ हजार छ ।

सरकारले पूजिग तर्फ २१ अर्ब ९२ करोड ४० लाख विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड, ४ लाख १२ हजार बराबरको बजेट ल्याएको थियो ।

जसमा १८ अर्ब ५४ करोड ६४ लाख ७६ अजार अर्थात ४३.९ प्रतिशत चालु खर्च र पूजिगत तर्फ २३ अर्ब ५७ करोड ६४ लाख ७६ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ ८ करोड बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment