Comments Add Comment

कनेक्ट आईपीएसको दैनिक कारोबार २ अर्ब नाघ्यो

२ असार, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखि २ अर्ब नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको छ ।

विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ईपेमेन्टको मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६प्रतिशतले वृद्धि भएको छ ।

उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् ।
जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमार्फत कारोबार पेश भएका छन् । एकीकृत एपीआईमा आधारित एनपीआईमा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट कनेक्ट आईपीएस वा एनसीउचएल आईपीएस वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् ।

कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक एनपीआई ले पनि कनेक्ट आईपीएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ ।

एनपीआईले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, पीएसपीएस/ पीएसओएस, सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच इन्टि्रग्रसेन र ईन्टरअप्रेबिलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ ।

हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment