
२ असार, काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नगर्न दलहरूलाई खबरदारी गरेको छ । एमसीसी कम्प्याक्टमा राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने प्रावधान भएको उसको ठहर छ ।
‘नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसीसी सार्वभौम संसद्ले अनुमोदन गर्नुहुँदैन’ जनमुक्ति अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा संसदमा भएका सबै दलहरूलाई खबरदारी र ध्यानकर्षण गर्न चाहन्छौं ।’
लिम्पियाधुरा सहितको नक्सा संसदबाट पारित हुनुलाई आफ्नो पार्टीले स्वागत गरेको पालुङ्वाले उल्लेख गरेका छन् । कोभिड–१९ महामारी निराकरणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसेको जनमुक्ति पार्टीको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4