Comments Add Comment

पुन: सुरु हुँदै प्रिमियर लिग, यी हुन चर्चामा रहेका चार विषय

२ असार काठमाडौं । कोरोना महामारीले गर्दा तीन महिना रोकिएको विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग बुधबारदेखि फेरि सुरु हुँदैछ । ३० वर्षपछि लिभरपुललाई इंग्ल्याण्डको च्याम्पियन बन्नबाट रोक्ने सम्भावना छैन ।

तर लिगमा अरु विभिन्न पक्षहरु पनि छन् । जस्तै युरोपमा अर्को सिजन खेल्ने, रेलिगेसनमा पर्ने, बन्द रंगशालमा खल्ने लगायत विषय छन् ।

एएफपीले प्रिमियर लिग सुरु हुनुअघि समाधान हुन बाँकी रहेको पक्षको बारेमा यसरी विश्लेषण गरेको छ

लिभरपुल कहिले च्याम्पियन बन्छ?

मार्चमा लिग स्थगित हुनुअघि लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा २५ अंकले अघि थियो । सन् १९९० पछि लिभरपुल पहिलो पटक च्याम्पियन बन्ने संघारमा छ ।

तर कोभिड-१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई ढिला गरिदियो । कसैले पनि सोचेको थिएन कि यस्तो होला भनेर । अब दुई जितले पनि लिभरपुललाई च्याम्पियन बनाउन सक्छ र सिटीले गणितिय रुपमा पनि भेट्ने सम्भावना कम रहन्छ । तर रेड टिमले आगामी आइतबार पहिलो गेम जितेर नै उपाधि जित्न सक्छ यदी सिटी बुधबार आर्सनलमा पराजित भयो भने ।

युर्गेन क्लोपको टिमले सिटीको कीर्तिमान समेत तोड्ने सम्भावना छ । लिभरपुलले अब सम्भावित २७ मध्ये १९ अंक जोडेमा सिटीको २०१७-१८ मा जोडेको १०० अंकको कीर्तिमान तोड्नेछ । यस्तै त्यही सिजन सिटीले १९ अंक अन्तरमा उपाधि जितेको थियो लिभरपुलले त्यो पनि तोड्ने सम्भावना छ ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत जुनमा मड्रिडमा खचाखच दर्शकका सामु च्याम्पियन्स लिग ट्रफी उठाउका थिए तर यस पटक भने उनी क्लोज डोरमा दर्शक बिनै ट्रफी उठाउने तयारीमा छन् । उनले बीबीसीसंग कुराकानीमा दर्शक बिना ट्रफी उठाउनु परे अनौठो हुने बताएका थिए ।

च्याम्पियन्स लिग होड

अचम्मको कुरा, शीर्ष चार स्थानको लडाई यसपटक पाँचौं स्थानसम्म पुग्न सक्ने सम्भावना छ । लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरिसकेको छ र अरु क्वालिफाइङ स्थान अहिले म्यानचेस्टर सिटी, लेस्टर र चेल्सीले ओगटेका छन् ।

तर  फिनान्सियल फियर प्ले को नियम उल्लंघन गरेको आरोपमा सिटीले आगामी दुई वर्ष युरोपपियन क्लब प्रतियोगितामा भाग लिन पाउने छैन ।

पेप ग्वार्डियोलाको टिमले यस विषयमा अपील गरेको छ । यद्यपि  निलम्बन खारेज भयो भने सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्छ ।

यदि निलम्बन कायम रहेकमा भने, जसले पाँचौँ समाप्त गर्छ उसले अर्को सिजनको च्याम्पियन्स लिगमा भाग लिनेछ ।

म्यानचेस्टर युनाइटेडले हाल त्यो स्थान ओगटेको छ, तर वल्भ्स र शेफिल्ड युनाइटेड दुवै ओले गुनर सोल्सायरको टिमबाट दुई अंकमात्र पछि छन् । आठौं स्थानको टोटेनहम र नवौं स्थानको आर्सनलले पनि पाँचौँ स्थानमा पर्ने सम्भावना बारे सोचिरहेका छन् ।

रेलिगेसनबाट बच्न संघर्ष

नर्विच, एस्टन भिल्ला र बर्नमाउथ प्रिमियर लिगमा पुछारको तीन स्थानमा छन् । तर सबैले आशा  गरेका छन् कि उनीहरु रेलिगसनबाट उम्कनेछन् ।

नर्विच सबैभन्दा पूछारमा छ र रेलिगेसनबाट सुरक्षित रहन ६ अंकले पछि छ । घरलु मैदानमा फेब्रुरीमा लेस्टर सिटीविरुद्धको जितले उनीहरुको आशा जगाएको छ ।

एस्टल भिल्लाले लिग रोकिनुअघि लगातार चार खेल हारेको थियो । यो ब्रेकले डिन स्मिथको टिमलाई फाइदा गर्ने आशा छ । भिल्लाले एक खेल कम खेलेको छ ।

उता १० खेलमा ७ खेल हारेको एडी होवे बर्नमाउथको फर्म फर्काउन भोकाएका छन् ।

हाल पुछारमा रहेको तीन टिमबाहेक वाटफोर्ड पनि अझै समस्यामा छ । नायल पिएरसनको नेतृत्वमा सुरुवातमा प्रभावशाली प्रदर्शन गरेपनि वाटफोर्ड समस्यामा छ । यस्तै वेस्टह्याम र ब्राइटन पनि खतरामा छन् ।

खेल्नको लागि फिट

केही ठूला खेलाडीहरु लामो समय पछि मैदान फर्कदैछन् । इंग्लयाण्डका स्ट्राइकर ह्यारी केन मैदान फर्कन आतुर छन् । र उनको क्लब टिममेट हेउन मिन सन पनि भाँचिएको हातको चोट निको भएपछि खेल्न तयार छन् ।

म्यानचेस्टर युनाइटेडका जोडी पउल पोग्बा र मार्कुस रासफोर्ड पनि मैदान फर्कन तयार छन् । दुवै खेलाडी चोटका कारण जनवरी यता मैदान बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment