Comments Add Comment

ढिलै भए पनि न्याय पायौं, प्रतिबन्ध हटाउन एन्फाले पहल गरोस्

२ असार काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङ मुद्दामा सफाइ पाएका छन् ।

सर्वोच्च अदालतले मंगलबार सागरसहित रितेश थापा, विकास सिंह क्षेत्री, सन्दीप राई, पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई सफाइ दिएको हो । २०७२ मा उनीहरु विरुद्ध म्याच फिक्सिङको मुद्दा लागेको थियो ।

करिब ६ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाएका खेलाडीहरुले ढिलै भए पनि न्याय पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

तत्कालिन राष्ट्रिय टिमका गोलकिपर रहेका रितेश थापा भन्छन्, ‘हामीले ढिलै भए पनि न्याए पाएका छौं । सबै खेलाडीहरु खुशी छौँ ।’

अदालतबाट सफाइ पाए पनि विश्व फुटबल महासं‌घ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने उनीहरुलाई आजिवन फुटबलमा  प्रतिबन्ध लगाएको छ । त्यो नहटेसम्म उनीहरुले फुटबल खेल्न पाउने छैनन् ।

त्यसैले अब नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यो प्रतिवन्ध हटाउनका लागि पहल गर्नुपर्ने थापाले बताए । ‘हाम्रो अभिभावक संस्था भनेकै एन्फा हो । अब एन्फाले नै त्यसमा पहल गर्नुपर्छ’, थापाले भने, ‘एन्फा र सरकारले नै पहल गर्नुपर्छ ।’

उसो त खेलाडीहरुले प्रतिबन्धविरुद्ध विश्व खेलकुदको अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्टसमा अपिल गर्न पाउँछन् । तर त्यहाँ पुनरावेदन गर्न महँगो भएकाले कठिन भएको थापाले सुनाए । त्यसका लागि धरौटी रकम २५ हजार डलर लाग्छ ।

आगामी दिनमा फुटबलमै बिताउन चाहेको भन्दै नेपाल पुलिस क्लबका पूर्वगोलिकपरसमेत रहेका रितेश थापाले भने, ‘त्यत्रो रकम तिर्न गाह्रो हुन्छ । यसको लागि एन्फा र सरकारले पहल गरिदिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment