
फाइल तस्वीर
२ असार, रौतहट । रौतहटका १३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
रौतहटको परोहा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका हुन् । उनीहरुको पीसीआर परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
यसअघि रौतहटको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ११० संक्रमित निको भएर घर फर्किएका थिए । रौतहटमा हालसम्म २४७ जना संक्रमित निको भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4