Comments Add Comment

मुद्रास्फीति सुधार हुँदै, मंहगो भयो तराईको भान्सा

३ असार, काठमाडौं । मुद्रास्फीति दरमा सुधार हुने संकेत देखिएको छ । पछिल्लो केही महिना क्रमिकरुपले मुद्रास्फीति सुधार हुँदै गएको हो ।

फागुन महिनासम्म ६ दशमलव ७० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति वैशाखमा घटेर ५.८३ प्रतिशतमा झरेको छ ।

यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा भने मुद्रास्फीति बढेको नेपा राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७७ बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

क्षेत्रगत आधारमा हेर्ने हो भने सबैभन्दा धेरै महंगी तराईमा देखिएको छ भने पहाडी क्षेत्रमा कम देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७६ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment