+
+
Shares

अंगीकृत नागरिकतासम्बन्धी नयाँ प्रस्तावमा सहमति जुटाउन गृहमन्त्रीले मागे समय

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १४:५०

३ असार, काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेको छ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथिको छलफलमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउन समय मागेका हुन् ।

मंगलबारको समिति बैठकमा सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् ।

त्यस विषयमा बुधबार आयोजित छलफलमा गृहमन्त्री थापाले भने ‘राननीतिक र सरकारी रुपमा छलफल भएको छ । राजनीतिक तहमा सहमति भएपछि यहाँ (समितिमा) पनि टुङ्ग्याउन सकिन्छ सहमतिमा टुङ्ग्याइयोस् असहमतिमा नटुङ्ग्याइयोस् ।’

समितिले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सहमति जनाएको छैन । उसले अंगीकृत नागरिकताको विषयमा हाल भइरहेको व्यवस्था वा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले चाहेमा नागरिकता लिने व्यवस्था नै राख्नुपर्ने अडान लिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?