 
																			डिसी । अमेरिकाको डिसीमा गैरदलित नेपाली समुदायले अब्राहम लिंकन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी घुँडा टेकेर दलित समुदायसँग माफी मागेका छन् ।
गत आइतबार अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित अब्राहम लिंकन मेमोरियलको पाउदानमा लिंकन र मार्टिन लुथर किंग जुनियरलाई साक्षी राखेर गैरदलित नेपालीहरुले दलित नेपाली समुदायसँग सार्वजनिक रुपमा घुँडा टेकेर माफी मागेका हुन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका गैरदलित नेपाली समुदायले जातीय विभेद उन्मुलन गर्न नयाँ परम्पराको थालनी गरेको बताएका छन् ।
नेपाली समुदायको इतिहासमा पहिलो पटक अमेरिकी मूलधारको राजनीतिमा सार्वजनिक पदमा निर्वाचित मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेडका उपनगर प्रमुख किरण सिटौलाले जुन १७, २०२० (आषाढ ३,२०७७ )का दिन छापा विज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराएका छन् ।
नेपालीहरुले अश्वेतको र दलितको जीवन महत्वपूर्ण छ भन्दै हालै अमेरिकामा रंगभेदविरुद्ध भैरहेको आन्दोलनप्रति समर्थनसमेत जनाएका छन् ।
अमेरिकामा अस्वेत जर्ज फलोएडलाई प्रहरीले ८ मिनेट ४६ सेकेन्डसम्म घाँटीमा घुँडाले थिचेर हत्या गरेको कारण ३ हप्तायता आन्दोलनले जारी छ । यो आन्दोलनमा श्वेत–अश्वेत र अन्य अल्पसंख्यक सबै स्वतःस्फुर्तरुपमा सडकमा निस्किरहेका छन् । तर नेपालमा रुकुम हत्याकाण्ड हुँदा समेत दलितहरु मात्रै र केही राजनैतिक दलका प्रतिनिधिहरु मात्रै आन्दोलित छन् भनि मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेडका उपनगर प्रमुख किरण सिटौलाले विज्ञप्तिमा दुःख व्यक्त गरेका छन् ।
उनले विज्ञप्तिमा लेखेका छन्, ‘गैरदलित साथीहरुले दलित समुदायसँग जहाँ–जहाँ भेट हुन्छ माफी मागौं । वडा–वडाबाट माफÞी मागौं । नगर–नगरबाट माफी मागौं । प्रदेश–प्रदेशबाट माफी मागौं । सदनबाट माफी मागौं ।’
विज्ञप्तिमा अडाडि लेखिएको छ, ‘अब हामी एकजुट हुनुपर्छ र विभेदका संरचना भत्काउन पहल गर्नुपर्छ । यो राष्ट्रिय समस्या हो । यो दलितको मात्र समस्या होइन र उनीहरु एक्लैले यसको समाधान र सामना गर्न सक्दैनन् । जातीय हिंसा हो कि हैन भन्ने वादविवादमा ध्रुवीकृत भैरहने समय सिद्धिएको छ । समस्या जटिल छ तर समाधान तपÞर्m भने हामी सबै जुटेर जानु पर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4