
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को मुद्दा चर्किएको छ । योसँगै बलिउडमा ‘परिवारवाद’को पछि लाग्ने र राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता र कलाकारलाई दर्शकले बहिष्कारको चुनौती समेत दिन थालेका छन् ।
‘परिवारवाद’ भएको भन्दै जारी विरोध शैली सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिएको छ । यो मुद्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आलियालाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा चार करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले चार करोड ८० लाख पुगेको छ। उनलाई इन्स्टाग्राममा अलफलो गर्ने लहर नै चलेको छ।
आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जलि दिँदै पोस्ट गरेको एक तस्वीरमा तीन लाख ७३ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ उनलाई गाली गर्नेको संख्या धेरै छ ।
अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन् । आलियाले कैयौं प्रतिक्रियाहरु हटाएकी छन् ।
प्रतिक्रिया 4