
४ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक रुपमा सवल व्यवसायीलाई कर तिरेर सरकारलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
महासंघको सर्वसम्मत अध्यक्षका उम्मेदवार समेत रहेका गोल्छाले राजस्व तिर्नु नागरिकको जिम्मेवारी भएको बताएका छन् ।
सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा व्यवसायीलाई सहज बनाए पनि सक्ने उद्यमीले राजस्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सहज भएको छ, तर मेरो आग्रह सक्ने उद्यमी व्यवसायी साथीहरूले राजस्व बुझाएर सरकारलाई सहयोग गर्नुस्,’ गोल्छाले भनेका छन् ।
राजस्व तिर्न नसक्ने उद्योगी व्यवसायीहरूको समस्यामा सरकार पनि जिम्मेवार हुनपर्ने भन्दै उनले सहकार्यबाटै संकट टार्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4