+
+
Shares

चैतसम्मको कर तिर्न बैङ्कर्स संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १६:३६

४ असार, काठमाडौं । सरकारलाई चैत मसान्तसम्म तिर्नुपर्ने कर तिर्न बैङ्कहरूलाई नेपाल बैङ्कर्स संघले आग्रह गरेको छ । संघको बुधबार बसेको बैठकले निर्णय गरेर आफ्ना सदस्य बैङ्कहरूलाई चैत मसान्तमा तिर्नुपर्ने कर तिर्न आग्रह गरेको हाे।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन बैङ्कर्स संघले सरकारलाई सहयोग पुग्ने भन्दै यस्तो निर्णय गरेको हो । निर्णय पछि संघले सबै बैङ्कहरूलाई पत्राचार गर्दै सरकारलाई कर तिरिदिन आग्रह गरिसकेको छ।

‘लकडाउनका कारण चैत मसान्तमा तिर्नु पर्ने कर पनि हामी (बैङ्कहरू) ले तिर्न सकेका थिएनौं, यतिबेला कर तिर्दा राज्यलाई पनि सहयोग नै हुने भएकाले यस्तो निर्णय गरेका हौं’ संघका एक सदस्यले भने, ‘हामीले सबै बैङ्कमा आग्रह गरिसकेका छौं, अब सबै बैङ्कहरूले कर तिर्नुहुनेछ ।’

सरकारले कर तिर्नका लागि असार ७ तोकेको भए पनि सर्वोच्च अदालतले लकडाउन अवधिभर कर नलिनू भन्ने आदेश दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा नै राजस्व नउठेका कारण आर्थिक संकटमा फस्न लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?