+

पुलिसका अनन्त र चेतनसहित ६ प्रशिक्षकलाई एएफसीको ए कोचिङ लाइसेन्स

२०७७ असार  ४ गते १७:०० २०७७ असार ४ गते १७:००
पुलिसका अनन्त र चेतनसहित ६ प्रशिक्षकलाई एएफसीको ए कोचिङ लाइसेन्स

४ असार काठमाडौं । नेपाल पुलिस क्लबका दुई प्रशिक्षक अनन्त राज थापा र चेतन घिमिरेले एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।

अनन्त र चेतनसँगै चार प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स तथा २ प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स प्रो प्राप्त गरेको एन्फाले जनाएको छ ।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, चेतन घिमिरे, संकटाका पूर्वप्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राईले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका छन् ।

यस्तै आर्मीका चुन बहादुर थापा र जापानमा रहेका बसन्त गौचनले एएफसी ‘ए’ लाइसेन्स प्रो प्राप्त गरेका छन् । उनीहरु लिखित परीक्षामा फेल भएपछि एएफसी ‘ए’ लाइसेन्स प्रो भएका हुन् । उनीहरुले पुन: लिखित परीक्षा दिन पाउने एन्फाले जनाएको छ ।

एएफसीले गत २०१९ डिसेम्बर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा सञ्चालन गरेको कोचिङ कोर्सबाट यी ६ जनाले कोचिङ लाइसेन्स प्राप्त गरेका हुन् ।

मोडल १ र मोडल २ को आधारमा भएको कोचिङ कोर्षमा नेपालभरका २३ जनाले सहभागिता जनाएका थिए ।

एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले कोचिङ कोर्षको सहजीकरण गरेका थिए ।

एएफसी प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय