+
+
Shares

बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १६:४८

४ असार, काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित गएको विनियोजन विधेयक २०७७ (बजेट) राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा राखेका थिए ।

पक्षमा बहुमत सदस्यले हात उठाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि सांसदहरुले राखेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक असार ५ गते अर्थात भोलि बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?