Comments Add Comment

गुल्मीमा थपिए ४६ कोरोना संक्रमित, ५४८ जनाको रिपोर्ट आउन बाँकी

४ असार, गुल्मी । गुल्मीमा बिहीबार मात्रै ८ महिनाको बच्चासहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट चन्द्रकोट गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा २४ जना, रेसुङ्गा नगरपालिकामा एकजना र सत्यवती गाउँपालिकामा एकजना, गुल्मी दरवार गाउँपालिकामा र्दुजना, रुरुक्षेत्र गाउँपालिकामा एकजना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये चन्द्रकोट गाउँपालिकाको वडानम्बर १ का २५, २२, २० वर्षका तीनजना पुरुष, वडानम्बर २ का २८, ३७, ४१, २९, १९, ३६, ५०, ३७, ५० वर्षीय पुरुष र ६ वर्षकी बालिका रहेका छन् । वडानम्बर-७ मा २८, ३५ र ३० वर्षका पुरुष रहेको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले बताए ।

छत्रकोट गाउँपालिकामा वडानम्बर-१ मा ५५ वर्षीया महिला र ४४ वर्षीय पुरुष, वडानम्बर २ मा ३३ र २२ वर्षका पुरुष, वडानम्बर ४ मा ५१ वर्षका दुईजना पुरुष, वडानम्बर ५ मा १६, २८, ४०, ४५, ५, ११ र १४ वर्षीया महिला, २८, २८, १९, ३०, ५४, ३९,१३, २१ र २३ वर्षका पुरुष, वडानम्बर ६ मा ३० र ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।

रेसुङ्गा नगरपालिकाका-१४ का ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै गुल्मीदरबार गाउँपालिकाका २ जना, रुरुक्षेत्र गाउँपालिकाका एकजना र सत्यवती गाउँपालिकामा एकजनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

थपिएकासँगै गुल्मीमा संक्रमितको संख्या १०५ जना पुगेको छ । संक्रमितमध्ये तीनजना उपचारपछि घर फर्किएका छन् । २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म पीसीआर परीक्षणको लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment