
४ असार, काठमाडौं । खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानीसहितका देशभरका १० वटा खानी अध्ययन तथा उत्खननका लागि लाइसेन्स दिने भएको छ।
सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहितका १० वटा खानी क्षेत्रको अध्ययनका तथा उत्खननका लागि लाइसेन्स वितरण गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
दुईवटा चुनढुंगा खानी र एक-एक वटा नुन तथा ग्रेनाइट खानी उत्खनन अनुमति दिन आवेदन मागिएको हो ।
यस्तै, रोल्पाको सुनछहारी गाउँपालिकामा रहेको सुन खानीसहित दुईवटा चुनढुंगा खानी, नुन तथा ग्रेनाइट खानी एक-एक, तीनवटा तामा खानी, एक केओलिन र कोइला खानीका लागि भने अध्ययनका लागि मात्र बोलपत्र आह्वान गरिएको छ।
खानीको उत्खनन तथा अध्ययन गर्न इच्छुक कम्पनीहरूले ३५ दिनभित्र आवश्यक धरौटीसहित आवेदन दिनुपर्ने विभागले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4