Comments Add Comment

बलात्कृत छोरीको वयान : बाबालाई फाँसी नै दिनुपर्ने हो

Photo Credit : प्रतिकात्मक तस्वीर

४ असार, वीरगञ्ज । जेठ ३२ गते बिहान खाना खान लागिरहेकी आफ्नी छोरीलाई ठोरीका एक अधबैंसेले घुम्न जाने भन्दै लिएर गए । आफ्नै बाबुसँग पनि घुम्न जान संकोच मान्नुपर्ने अवस्थामा रहेकी ती बालिका भनेको नमान्दा कुटाइ खानुपर्ने त्रासका कारण खाना खाइसकेर बाबुसँगै घरबाट निस्किइन् ।

लकडाउन र कोरोनाको महामारीको समयमा ती बाबु छोरी घुम्न नै कहाँ जान्थे र । त्यसैमाथि कलुसित मानसिकताले गाँजेका बाबुले छोरीलाई जंगलभित्र जान प्रस्ताव गरे ।
छोरीले बाबुबाट हुने विगतको दुव्र्यवहार सम्भिmएर जंगलभित्र जान इन्कार गरिन् । दानवी स्वभाव पलाएका बाबुले जबरजस्ती हातमा समातेर चौरमा पुर्‍याए । नजिकै रहेको करमको रुख पछाडि हिँड भने । छोरीले त्यहाँ जान पनि इन्कार गरिन् । उनले त्यहाँ पनि जबरजस्ती गर्न थाले । त्यहीबेला छिमेकी मान्छे आएपछि उनले छोरीमाथि जबरजस्ती गर्न पाएनन् ।

सोही दिन साँझ समेत फेरि घरमा सोही हर्कत देखाएपछि आफ्नो इज्जत सम्झिएर बाबुको दानवी स्वभावको शिकार हुँदै आएकी ती बालिकाले नजिकैको ठूलीआमाकहाँ पुगेर आफ्नो पीडा सुनाइन् । सबै गाउँले र प्रहरीको प्रयासले ती अधबैंसे असार १ गते पक्राउ परे ।

यो पहिलोपटक भएको दुव्र्यवहार थिएन । आफ्नै छोरीमाथि विभिन्न बहानामा बोलाएर जबरजस्ती गर्ने प्रयास गर्थे । कति पटक त दानवजस्ता बाबुलाई प्रतिकार गर्न नसकेर ती १२ वषर्ीया बालिका आफ्नै बाबुबाट बलातत्कारको शिकार समेत बनेको पीडित बालिका बताउँछिन् ।

मादक पदार्थ सेवन गरेर यस्तो हर्कत गर्ने ती अधबैंसेको ९ वर्षअघि नै श्रीमतीले छाडेर गएकी थिइन् । उनी रोजगारीको लागि विदेशबाट माघमा मात्रै फर्किएका हुन् । पीडित बालिकाका अनुसार विदेशबाट आएको एक सातासम्म त उनीमाथि त्यस्तो कुनै हर्कत भएन । तर एक हप्तापछि पटक पटक शारीरिक र मानसिक शोषणको शिकार बन्नु परेको बालिका बताउँछिन् ।

ठूलीआमाको जाहेरी

३२ गतेको यो घटना पीडित बालिकाको ठूलीआमासम्म पुगेपछि उनले प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानको लागि प्रहरी आया । प्रहरी अधिकारीहरू सुरुमा त आफूहरूलाई त्यस्तो पनि हुन्छ भन्नेमा विश्वास नै नभएको बताउँछन् । तर प्रहरीले अनुसन्धान गर्दै जाँदा बालिकाले बाबुको सबै कर्तुत खोलिदिइन् । अहिले बालिकाको ठूलीममीले जिल्ला प्रहरी कार्यालयमा देवरले छोरीलाई जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिइसकेकी छन् ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गर्नुको साथै बयान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरका अनुसार बुबाले आफूमाथि बलात्कार गरेको बयान ती बालिकाले दिइसकेकी छन् । ‘जेठ ३२ गते त यौन दुव्र्यवहार नै गर्न खोजेको रहेछ ।’ डिएसपी कुँवरले भने ‘तर अनुसन्धान गर्दै जाँदा पहिले नै पटकपटक जबरजस्ती करणी गरिसकेको खुल्न आएको छ ।’

जबरजस्ती करणी मुद्दामा प्रहरीले उनीविरुद्ध पर्सा जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आरोपीमाथि छानबिन चलिरहेको भन्दै करणी गरेको प्रमाणित भए कानुनअनुसार कारबाही गरिने बताइन् । ‘बालिकाको स्वास्थ्य परीक्षण गराइसकेका छौं, रिपोर्ट आउन बाँकी छ ।’ उनले भनिन् ‘ ठूलीआमाले जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । थप अनुसन्धान भइरहेको छ । उनी विरुद्ध कानुन अनुसार कारबाही हुन्छ ।’

काउन्सिलिङ गर्न भनिसकेको बताउँदै उनले आवश्यक परे बालिकालाई राख्ने र पढाउने बन्दोबस्त मिलाउन पनि पहल गरिरहेको उनले बताइन् । पीडितको वयान :

म १२ वर्षकी भएँ । कक्षा ६ मा पढ्छु । म कक्षामा सेकेन्ड भएकी विद्यार्थी हँ । भविश्यमा डाक्टर बन्छु भन्ने सोच छ । बाबा तीन वर्ष विदेश बसेर माघ १ गते घर आउनुभएको हो । म ममीसँग बस्थेँ । विदेश जानेबेलामा ममीसँग बसेको मलाई घरमा ल्याएर बाबा विदेश जानुभयो । बाबा र ममी छुट्टएिको ९ वर्ष भइसक्यो । ठूलीममीसँग बस्ने गरेकी थिएँ । विदेशबाट बाबाले पैसा पठाएपछि बाबाले विदेश जाँदा लिएको ऋण तिरेर अर्को घर बनायौं । गत साउनदेखि हामी ठूलीममीसँग छुट्टएिर आफ्नै घरमा बस्न थालेका हौं ।

विदेश गएर नआउँदासम्म बाबामा यस्तो स्वभाव मैले देखेकी थिइनँ । बाबा राम्रो हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, पापी रहेछन् । विदेशबाट आएपछि पाँच दिनसम्म केही गरेनन् । त्यसपछि पटक पटक जर्बजस्ती गर्न थाले । म मान्दिन थिएँ । तर, धम्की दिन्थे । मारिदिन्छु, काटेर फालिदिन्छुसम्म भन्नुहुन्थ्यो । चारपटक त मसँग जबरजस्ती शारीरिक सम्पर्क नै राखे । मम बाजे मकै गोड्न गएको बेलामा दिउँसै पनि मलाई बलात्कार गर्थे । एक पटक घुम्न जाऔं भनेर भ्युटावरमा लगेर पनि बलात्कार गरे ।

पछिल्लो पटक भात खान लागेको बेलामा हिँड छोरी घुम्न जाऔं भनेर लिएर गए । जंगलभित्र जाऔं छोरी भने । मैले किन भनेर सोध्दा एकछिन हिँड न भने । तर, मैले मानिनँ । जबरजस्ती हातमा समातेर चौरमा लगे । त्यसपछि करमको रुख पछाडि हिँड भन्दै थिए । मैले फेरि मानिनँ । जबरजस्ती गर्न लागेका थिए । खोई कुन दाइहरू आउनुभएको थियो । त्यसपछि मलाई त्यतिबेला छाडे । मैले बाबा म गएँ है भन्दा पनि झर्किएर जा न त तँलाई कसले रोकेको छ र भन्ने ?

बाबा उनीहरूसँग बोल्दै थिए । म भागेर ममबाजे भएको ठाउँमा आएँ । ममबाजेलाई सबै कुरा बताएँ । बाबा आउँदा बाजेले बत्ती बालेका थिए । साँझमा पनि ममाथि त्यस्तै हर्कत भयो । म मम बाजेकोमा गएँ । बाबाले मलाई त्यहाँ जान खोज्दा कुटपिट गर्न लागे । त्यसपछि म भागेर ठूलीममी कहाँ गएर उहाँलाई नै सबै कुरा सुनाएँ ।

विदेशबाट फर्किएपछि नै उनको व्यवहार ठिक थिएन । नचाहिने फिलिम देखाउने, छुन नहुने ठाउँमा छुने । पढ्न भनेर बोलाउने पढाउनुको साटो जबरजस्ती गर्न लाग्ने । कसैलाई भन्छु भन्यो, ममबाजेलाई समेत काटेर फालिदिन्छु भनेर धम्की दिन्थे, के गर्नु ?

मैले ठूलीममीलाई गएर कुरा सुनाएपछि बाबा नजिकै रहेको भ्युटावर भएको ठाउँमा गएर रक्सी आएर सुत्नुभएको रहेछ । ठूलीममीले गएर बाबालाई पिट्नुभयो । गाउँलेले समातेर ल्याएर कुटपिट पनि गरेर प्रहरीको जिम्मा लगाए । ममी साथमा भएको भए यस्तो हुन्न थियो होला भन्ने लाग्छ अहिले । पछिल्लो समय त बाबाले कतै घुम्न जाऔंभन्दा पनि त्रसित बन्न थालेकी थिएँ ।

१५ वर्ष जेल बसेर आयो भने निस्किएपछि अरूको छोरीलाई आँखा लगाउँछ । मेरो बाबुलाई फाँसी नै दिनुपर्ने हो । तर नेपालमा फाँसीको सजाय नै छैन भन्छन् ।
बालिकाकीे ठूलीआमा भन्छिन् कानुन हातमा लिन हुन्न भनेर प्रहरीको जिम्मा लगाइदिएँ ।

देवरको बानी पहिलेदेखि नै खराब थियो । रक्सी खाएर श्रीमती पिट्ने । धेरै सहिन् । तीनजना बच्चा थिए । पछि माइत गइन्, त्यही अर्कोसँग विवाह गरेर उतै घर गरेर बसेकी छन् । सासू ससुरालगायत देवरकी छोरी मैले नै पालेकी थिएँ । तीन वर्ष अगाडि देवर साह्रै बिग्रेर हिँडे ।

रक्सी नखाँदा ठिकै तर खाइसकेपछि सबैसँग निहुँ खोज्ने धाकधक्कु लगाउने झैझगडा गर्ने । यहाँ राख्नुभन्दा विदेश पठाइदियौं । खाडीमा गएपछि त सुधि्रएर आउलान् भन्ने थियो । ऋण गरेरै भए पनि साउदी पठायौं । तीन वर्ष बसेर गएको माघमा आएको हो । विदेश जाँदाको ऋण तिर्‍यो । पहिलाको बेचेर खाइसकेको थियो । घडेरी किनेर सासु ससुराले घर बनाए । गत वर्ष साउनदेखि छोरी र सासूससुरा त्यही घरमा बसिरहेका थिए । देवर आएर एकै ठाउँमा बस्थे ।

छोरी जेठ ३२ गते दौडेर आएर अँगालो मारेर रुन थालिन् । मलाई बाबाले घुमाउन लैजाने भनेर जंगल लिएर गए, एकछिन तसँग केही काम छ भनेका थिए । म जाँदिनँ भनेपछि उसले हातमा समातेर फुटबल ग्राउण्डतिर लगेछ त्यहाँ करमको रुख पनि थियो । त्यहाँबाट फर्किएकी छोरीलाई घरसम्म पनि पछ्याउँदै आएर झगडा गरेको रहेछ । त्यसपछि दौडेर म कहाँ आएकी रहिछेे ।

तँलाई कहिलेदेखि बाबाले यस्तो गर्छ त ? भनेर सोधेँ । विदेशबाट आएको पाँच दिनपछिबाट यस्तो गर्न सुरु गरेको भनिन् । तँलाई कोसिस मात्रै गरेको हो कि रेप नै गरेको हो त ? भनेर सोधेँ । ४ चोटिसम्म रेप नै गरेको उसले बताई ।

घरमा दुईवटा कोठा छ । मैले भने, त बाबासँगै सुत्थिस त ? हजुरआमालाई मम भन्छ, बाजे एउटा बेडमा बजु र उ सुत्ने गरेकी रहिछ । तर उसले पढ्नुपर्छ पढ्न आउ भनेर बोलाउने अनि नराम्रो फिल्म, भिडियो देखाउने, स्तन र गुप्ताङ्गमा हातले चलाएर उत्तेजनामा ल्याउने त्यसपछि रेप गर्ने गरेको रहेछ । भ्यु टावरमा लगेर दिउँसै पनि यस्तो हर्कत गर्ने गरेको रहेछ ।

उनी भक्कानिँदै भन्छिन् ‘मैले पालेको बच्चा, अँगालोमा आएर त्यस्तो बताएपछि मलाई निकै पीडा भयो । सासू ससुरासँग पारिवारिक कारणले बोलचाल थिएन । तर पनि सिधै घर गएर सासू ससुरालाई कान्छा खोई ? भनेर सोधेँ । उनीहरूले थाहा छैन भने ।

गाउँमा भट्टीतिर गएर खोजेँ, त्यसपछि भ्युटावरमा गएँ । उ त मज्जाले त्यहाँ आनन्दले सुतिरहेको छ । गालै गालामा हानेँ, थुकेँ । अरू महिलाहरूको त प्रहरीमा केस लगिरहेको छु । तर, मेरै घरमा बाबुबाट छोरी सुरक्षित हुँदैन भने अरू को सुरक्षित होला । त्यसपछि मैले पुलिस बोलाएँ ।

सबैले मारेर फ्याँक्नुपर्छ यस्तो अपराधीलाई भनेका थिए । मन पनि लागेको थियो । मारेर फाल्नुपर्ने व्यहोरा त्यसको थियो । तर, कानुन हातमा लिन हुन्न भनेर प्रहरीको जिम्मा लगाइदिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment