Comments Add Comment

तीन आमसमस्या, तीन सहज योग

हामीलाई केही न केही सानोतिनो समस्याले सताइरहेको हुन्छ । जस्तो कहिले कम्मर दुख्ने, कहिले रुघा लाग्ने, कहिले नाक बन्द भएर सास फेर्न गाह्रो हुने । यस्तो अवस्थामा औषधि खोज्ने कि त्यसको अरू विकल्प ?

यी सामान्य समस्याहरूको हल योगासनबाट सहजै गर्न सकिन्छ। कतिपय योगासन यस्ता हुन्छन्, जो प्रभावकारी त हुन्छन् नै उत्तिकै सहज पनि हुने गर्छ ।

 कम्मर दुख्ने

कारण– माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरी अवस्थामा धेरै शारीरिक श्रम गर्नु।

हलासन

-जमिनमा कम्मरको बलमा सुत्ने, दुवै हातलाई जमिनमा राख्ने ।

-दुवै खुट्टाको पञ्जा मिलाएर राख्ने ।

-दुवै खुट्टालाई बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।

– हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।

-१/२ मिनेटसम्म यस स्थितिमा रहेर सास लिने एवं छाड्ने ।

– बिस्तारै पहिलेकै अवस्थामा आउने ।

टिप्स

– हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।

– तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने।

 रुघा ज्वरो

कारण– मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि।

सर्वागासन

-कम्मरको बलमा सुत्ने र दुवै हात जमिनमा राख्ने ।

-सास लिँदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टामाथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।

– खुट्टालाई ९० वा १२० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।

– खुट्टलाई मिलाएर सिधा राख्ने, फेरि पूर्वावस्थामा आउने ।

-आँखालाई बन्द गरेर दुवै आँखीभौंको बीचमा दुई/तीन मिनेटसम्म ध्यान केन्द्रित गर्ने ।

टिप्स

-२ चिया चम्चा पानको पत्ताको रसमा एक चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।

-४ कप पानीमा एक ठूलो चम्चा बेसार र केही तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर एक चिया चम्चा मह र स्वादअनुसार कागतीको रस मिसाएर पिउने ।

 माइग्रेन

कारण– अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन

अनुलोम बिलोम प्राणायाम

– सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।

– बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।

-बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।

– देब्रे नाकले सास लिएर केही क्षण रोक्ने ।

– दायाँ नाकले सास निकाल्ने, केही क्षण रोक्ने र सोही नाकबाट सास लिने ।

-सासलाई बिस्तारै विनाआवाज भित्र लाने र छाड्ने प्रक्रिया दोहोर्‍याउने ।

टिप्स

-आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।

– कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment