+
+

सुरक्षा मापदण्ड पालना गरेरमात्रै व्यापार गर्न महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १२:०६

५ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरू सञ्चालन गर्न आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमणि दिन प्रतिदिन बढ्ने क्रममा रहेको भन्दै महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एउटा अपिल जारी गर्दै सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन् । धराशायी बन्न लागेको मुलुकको अर्थतन्त्रलाई जोगाउनका लागि पनि उद्योग-व्यवसाय खोल्नैपर्ने तर सबैले सुरक्षा सतर्कता भने अपनाउनुपर्ने अध्यक्ष कटुवालले बताए ।

‘कोरोना भाइरसबाट ‘आफू पनि जोगिऔं र अरूलाई पनि जोगाऔं’ भन्ने मूलमन्त्र ख्याल गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम मापदण्ड पालना गर्नुहुन हामी सबैको जिम्मेवारी हो’ जारी अपिलमा भनिएको छ, ‘न्यूनतम सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने छुइहाले स्यानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुनेलगायतका सावधानी अपनाउनु हुन नेपाल राष्ट्रिय व्यवसायी महासंघ सम्पूर्ण उद्योगी–व्यवसायी तथा ग्राहक वर्गहरूमा हार्दिक अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?