
५ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका ६ जना, दैलेखका २ र जाजरकोटका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या १२३३ पुगेको छ ।
डा. तिवारीका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेतको भेरीगंगा नगरपालिकाका वडा नं. १, २, ६, ८ र ११ का एकमहिलासहित ६ जना रहेका छन् । दैलेखको भैरवी गाउँपालिकका वडा नं. २ का दुईजना पुरुष र जाजरकोटको छेडागाड नगरपालिका-४ का एकजना पुरुष रहेका छन् ।
शुक्रबार मेहेलकुना अस्पताल सुर्खेतबाट एकजना, कालीकोट जिल्ला अस्पतालबाट दुईजना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५०८ पुगेको छ ।
कर्णालीमा ४ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4