+

बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण

२०७७ असार  ६ गते १७:२६ २०७७ असार ६ गते १७:२६
बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण

काठमाडौं । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् ।

मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिएका थिए । विशेषगरी उनले आफ्नो होमटाउन नाराइलमा सहयोग गरेका थिए ।

बंगलादेशमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण छ ।

कोरोना भाइरस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय