+

भाल्लाडोलिडलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा

२०७७ असार  ७ गते ९:०९ २०७७ असार ७ गते ९:०९
भाल्लाडोलिडलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा

७ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल भाल्लाडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले १-० को जित हात पारेको हो । एट्लेटिकोका लागि ८१औं मिनेटमा भिटोलोले एक गोल गरे ।

जितपछि ३० खेलबाट ५२ अंक जोडेको एट्लेटिकोले समान अंक भएपनि हेड टु हेडमा सेभियालाई पछि पारेको हो । सेभियाले अघिल्लो दिन शीर्ष स्थानको बार्सिलोनासंग बराबरी खेलेको थियो ।

जितपछि एट्लेटिको मड्रिडले शीर्ष चारमा पकड बनाएको छ । एट्लेटिको र सेभिया भन्दा पछि हेका गेटाफेको ४८ अंक छ भने रियल सोसिडाड र भियारियालको समान ४७ अंक छ ।

गएराति नै भएको खेलमा आइबरसँग १-१ को बराबरीमा रोकिएपछि गेटाफेले भने एट्लेटिको र सेभियासग अंकदूरी कम पार्ने अवसर गुमायो । गेटाफेले ३०औं मिनटमा अग्रता लिएको थियो भने पहिलो हाफको अन्तिम मिनेटमा आइबरले बराबरी गोल फर्काएको थियो । ८६औं मिनेटमा आइबरका लागि पेड्रो बिगासले गोल गरेपछि भिएआरले गोल मान्यता दिएन ।

स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय