
७ असार, गुल्मी । गुल्मीको रिडी खोला किनारमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । मृतक युवक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका छहरा वडा नम्बर–१ का १४ वर्षीय राजुकुमार रहेको जिल्ला प्रहरी कर्याालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।
असार ४ गते घरबाट माछा मार्न हिँडेका युवक राजुकुमार रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर–१ को रिडी खोलामा मृत फेला परेका थिए । हातमा माछा मार्ने जालको रसीसँगै उनको शव फेला परेको थियो । शवको पहिचान भएसँगै उनको परिवारजनलाई जानकारी गराइसकेको प्रहरी निरीक्षक पुनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4