Comments Add Comment

चितवनमा लागूऔषधसहित ५ जना पक्राउ

७ असार, चितवन । चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा शुक्रबार राति भरतपुर महानगरपालिका–२ बिक्रम मार्गबाट जिपसहित पाँच जनलाई नियन्त्रणमा लिएको हो ।

ना ४ प ४४३९ नम्बरको जिप चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएका विभिन्न प्रकारका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । प्रहरीले जिपमा सवार भरतपुर–४ बाह्रघरेका २१ वर्षीय अनुज भन्ने भुदत्त परियारलाई फेनारगन २ एमएलको २५५ थान, नुफिन २ एमएलको २५५ थान, डिजेपाम २ एमएलको २५५ थान बरामद गरेको छ ।

प्रहरीले परियारसँग सोधपुछ गर्दा अन्य चार जनालाई पनि पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ नगरवन बस्ने वर्ष २२ का अविनाश बोटे, भरतपुर–२१ बस्ने वर्ष २६ का आशिष थापा छन् ।

यस्तै सोही स्थानका २२ वर्षीया कञ्चन उपरकोटी र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका वडा-१६ बेल्डिया निवासी १९ वर्षीया बबिता महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment