+
+

गुल्मीमा ५ जना कोरोना संक्रमित थपिए 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते २०:०१

७ असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ का १८ र ५० वर्षीय दुई जना पुरुष तथा ४४ वर्षीया एक जना महिला छन् भने वडा नम्बर–४ का १५ र वडा नम्बर–६ का २५ वर्षीय पुरुष छन् । उनीहरु सबै जना भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

यससँगै गुल्मीमा संक्रमितको संख्या १७९ पुगेको छ । जसमध्ये ६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना परीक्षणका लागि जिल्लाभरबाट १ हजार १६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?