Comments Add Comment

अर्घाखाँचीमा एकैदिन थपिए ७४ जना कोरोना संक्रमित

७ असार, काठमाडौं । अर्घाखाँचीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार अर्घाखाँचीमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

तर अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जिल्लामा आइतबार ६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बताए । भूमिकास्थान नगरपालिकाका ९ जनामा शुक्रबार नै संक्रमण पुष्टि भएको जानकारी आएको र संक्रमितको सो तथ्यांकलाई मन्त्रालयले आइतबार सार्वजनिक गरेको पौडेलले बताए ।

पौडेलका अनुसार आइतबार संक्रमित पुष्टि हुनेमा मालारानी गाउँपालिकाका ४९, सन्धिखर्क नगरपालिकाका १० र छत्रदेव गाउँपालिकाका ६ जना गरी कुल ६५ जना छन् ।
यससँगै अर्घाखाँचीमा संक्रमितको कुल संख्या २३९ जना पुगेको उनले बताए । जसमध्ये दुई जना निको भएर घर फर्किसकेका छन् ।

अर्घाखाँचीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको उनले बताए । जसमध्ये आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्घाखाँचीमा कोरोना परीक्षणका लागि १ हजार ६३० जनाको स्वाबको नमुना संकलन गरिएकोमा ७ सय जनाको रिपोर्ट आउन बाँकी रहेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment