Comments Add Comment

प्रदेश ५ मा कोरोना संक्रमित २४ सय बढी, ८ हजार बढी स्वाब परीक्षण हुन बाँकी

८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५ मा १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

आइतबार अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अर्घाखाँचीपछि कपिलवस्तुमा २५ जना, नवलपरासी पश्चिममा २१ जना र प्युठानमा २० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

यसैगरी गुल्मीका ५, पाल्पाका २, रूपन्देहीका १, बाँकेका १, बर्दियाका ३ र रोल्पाका ३ जनामा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको वलीले बताए ।

निर्देशनालयले आइतबार राति साढे ८ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा २६०, रूपन्देहीमा २५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १८०, बर्दियामा १५४, प्युठानमा १०१, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्युु भएको र ९ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन् ।

आइतबारसम्म प्रदेश ५ मा ८ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ भने १२ जिल्लाका क्वारेन्टिनमा २२ हजार ५ सय २१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment