+
+

तोलामै ९१ हजार पुग्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १३:३४

८ असार, काठमाडौं । नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६  सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।

लकडाउन अघि बन्द भएको सुन चाँदी व्यवसाय पूर्णरुपमा अझै खुली नसकेको महासंघले जनाएको छ । सरकारले लकडाउन खुकुलो बनाए पछि महासंघले सुनको भाउ तोकेको त छ तर भाउ धेरै बढेकाले एकै पटक धेरै फिर्ता सुन किन्न नसक्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

बजारको खुलेका केही पसलमा सुन बिक्री गर्न आउने ग्राहक बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?