+
+
Shares

प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिए, ४ जना एकै परिवारका

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १६:५५

८ असार, विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीनजना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।

मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै झापाको दमकमा एकजना र भद्रपुरमा दुईजनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ ।

चारजना एकै परिवारका

सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण पुष्टि भएका चारजना एकै परिवारका हुन ।

नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार भारतको दिल्लीबाट केही दिनअघि फर्किएका एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित आमा, बुबा, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन । सुन्दरहरैचा नगरपालिका-९ घर भएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए । चारै जना संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?