Comments Add Comment

निजी विद्यालयले शुल्क असुल्न लागेको भन्दै नेविसंघको आपत्ति  

८ असार, काठमाडौं । निजी शैक्षिक संस्थाले बन्द रहेको अवधिको शुल्क असुल गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ ।

निजी विद्यालय सञ्चालकहरुका संस्था प्याव्सन र एनप्याब्सनले अभिभावकलाई बाँकी रकम चुक्ता गर्न अपिल गरेपछि नेविसंघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पढाइ नभएको अवधिको शुल्क असुल्न खोज्नु हास्यास्पद र भर्त्सनायोग्य रहेको भन्दै निर्णय फिर्ता लिन प्याव्सन र एनप्याव्सनलाई आग्रह गरेका छन् ।

साथै नेविसंघले प्याव्सन र एनप्याव्सनको अपिलबारे सरकारको ध्यानाकर्षण गराउँदै अभिभावकलाई पनि शैक्षिक संस्था सञ्चालन नहुँदासम्मको कुनै पनि शुल्क नतिर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment