Comments Add Comment

धनुषा र सप्तरीमा प्रधानमन्त्रीको पुत्ला दहन

९ असार, जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, महिलामाथि विभेद, अत्याचार गर्न पाइँदैन जस्ता नारा लगाएका छन् ।

जिल्लाहरुमा मंगलबार जनता समाजवादी पार्टीको अगुवाईमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । यहाँ प्रदेश सांसद रामाशिष यादव समेतको सहभागितामा निकालिएको विरोध जुलुसपछि स्थानीय जनक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा पनि प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

स्थानीय जनआन्दोलन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको थियो ।

राजविराजमै नेपाली कांग्रेसका युवा नेताहरुले समेत प्रदर्शन गरेका छन् । स्थानीय गजेन्द्र चोकमा भेला भएका य्ुवाहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेको युवा नेता इर्साद अन्सारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस नागरिकता विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

महोत्तरी सदरमुकाम जलेश्वरमा पनि नागरिकता विधेयकको विरोधमा सरकारविरोधी प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीको अगुवाइमा निकालिएको विरोध जुलुसमा नयाँ वैवाहिक अंगीकृत नागरिकता प्रावधान मान्दैनौं, रोटीबेटीको सम्बन्ध तोड्न पाइँदैन जस्ता नारा लगाइएको थियो ।

पर्साको वीरगञ्जमा पनि जनता समाजवादी पार्टीकै नेता/कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले ७ बर्षपछि दिइने नागरिकताको प्रावधान खारेज हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment