
९ असार, बुटवल । नागरिकता ऐन संसोधन विधेयकको विरोधमा भैरहवामा प्रदर्शन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार भैरहवामा प्रदर्शन गर्दै विरोधसभा समेत गरेको हो । गल्लामण्डीबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गर्दै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान, प्रदेश सभा सदस्यहरु सन्तोष पाण्डे, कल्पना पाण्डे लम्साल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो ।
जसपाका नेता तथा कार्यकर्ताहरुले रुपन्देहीको गैडहवामा पनि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4