News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको अमर माध्यमिक विद्यालयका २८ विद्यार्थीको एसईई प्राक्टिकलमा विद्यालयले पठाएको भन्दा कम नम्बर दिइएको पाइएको छ।
- विद्यालयका प्रधानाध्यापक रोमनाथ शर्माले प्राक्टिकलमा कम नम्बरका कारण जिल्ला टप हुनबाट वञ्चित भएको गुनासो गर्नुभयो।
- परीक्षा नियन्त्रण कार्यालयले त्रुटि सच्याउन ७ जेठसम्म पुनर्योग आवेदन खुला गरेको छ र प्रति विषय ५ सयँ रुपैया राजश्व बुझाउनुपर्ने जनाएको छ।
१ जेठ, काठमाडौं । इलामको अमर माध्यमिक विद्यालयको एसईईमा २८ विद्यार्थीको प्राक्टिकलमा विद्यालयले पठाएको भन्दा कम नम्बर दिएर नतिजा प्रकाशित भएको पाइएको छ ।
‘प्राविधिक विषिय डाटा स्ट्रक्चरमा ५० थ्यौरी र ५० प्रक्टिकलको हो । तर प्रक्टिकलमा विद्यालयले ए–प्लस नम्बर दिएर पठाएको थियो नतिजा आउँदा सी र सी प्लस आएको छ,’ विद्यालयका प्रधानाध्यापक रोमनाथ शर्माले भने ।
प्रक्टिलकमा कम नम्बर आएका कारण जिल्ला टप हुनबाट वञ्चित भएमो उनले गुनासो गरे । ‘एक जना विद्यार्थी जिल्ला टप हुने थिएँ । प्राक्टिकलमा कम नम्बर भएका कारण असर गर्यो,’ उनले भने ।
जिल्ला समन्वय समितिमार्फत परीक्षा नियन्त्रण कार्यालयमा नतिजा सुधारको लागि पत्र पठाएको प्रधानाध्यापक शर्माले बताए ।
‘समन्वयमार्फत पत्र गएको छ । विद्यालयबाट परीक्षा नियन्त्रण कार्यालयमा सोमबारसम्म त्रुटि सच्याउनको लागि जान्छौं,’ उनले भने ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार कतिपय विद्यालयले फर्म्याटभन्दा बाहिर गएर नम्बर पठाएकाले त्रुटि भएको बताएको छ ।
‘हामीले पठाएकोभन्दा फरक फर्म्याटमा नम्बर हालेका कारण हो,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने । उनका अनुसार दैनिक २०–३० वटा त्रुटि सच्याउन निवेदन आइरहेको छ । ‘त्रुटि सच्याउन केही विद्यालय आइरहेका छन्,’ उनले भने ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजामा चित्त नबुझेमा सच्याउनका लागि समय दिएको छ ।
शुक्रबार (आज) देखि पुनर्योगको लागि सयम दिएको हो ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन् । पुनर्योगका लागि ७ जेठसम्मको समय निर्धारण गरिएको छ ।
नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिन गएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने जनाएको छ ।
त्रुटि सच्याउनका लागि प्रति विषय ५ सयँ रुपैयाको दरले राजश्व पनि बुझाउनु पर्ने कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4