Comments Add Comment

चिनियाँ र भारतीय सेना विवादित सीमाबाट पछि हट्न सहमत

१० असार, काठमाडौं । भारत र चीनको बीचमा तनाव जारी रहेको अवस्थामा दुवै मुलुकका अधिकारीहरुले मंगलबार भारतीय सेना र चिनियाँ अधिकारी विवादित सीमाबाट पछि हट्न तयार भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले दुवै पक्ष विवादित सीमाबाट पछि हट्ने विषयमा आपसी सहमति भएको बताएका हुन् । समाचारमा बताइएअनुसार सोमबार ११ घण्टासम्म चलेको बैठकको क्रममा यस्तो सहमति भएको हो ।

गत जुन १५ मा चीन–भारत सीमाक्षेत्रमा भएको झडपको क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो । यो घटनापछि दुई मुलुको बीचमा तनाव बढेको छ । यो घटनापछि भारतमा चिनियाँ सामग्री बहिष्कार गर्नेलगायतका चीन विरोधी अभियान सञ्चालन भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुवै मुलुक शान्तिपूर्णरुपमा यो मुद्दा मिलाउन सहमत भएको बताएका छन् । दुवै मुलुकले सेना विवादित सीमाबाट फिर्ता गर्नुको अर्थ के हो भन्ने प्रश्नमा उनले यो दुवै मुलुकले सीमा क्षेत्रमा शान्ति स्थापनाको लागि आवश्यक कदम भएको बताएका थिए । अहिलेसम्म दुवै मुलुकले शान्ति स्थापनाको लागि कस्तो कदम चालिनेछ भन्ने विषयमा स्पष्ट पारेका छैनन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment